२५ माघ, काठमाडौं । नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना भएको छ । सरकारी स्तरको एक मात्र मानसिक अस्पतालमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको स्थापना भएको हो । मानसिक अस्पताल र बालअधिकारमुखी संस्था सिविन नेपालको सहकार्यमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ […]
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवर्धनलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्।विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताएका हुन्। उनले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशसँग समन्वय गर्नुपर्ने बताए।सबै
काभ्रे । मेथिन्कोट अस्पतालमा मानसिक अस्पताल लगनखेलको सहयोगमा बहिरंग मानसिक स्वास्थ्य सेवा शुरु भएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले उक्त सेवाको शुभारम्भ गर्दै प्रदेश सरकारले नागरिकहरुका हरेक समस्यामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभयो । मेथिन्कोट अस्पताललाई राजमार्गका ट्रमा केयर युनिटका रुपमा विकास गर्ने तथा शैया थप गरी स्वास्थ्यका सबै सेवा उपलब्ध हुने […]
काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिका स्थित भकुण्डेबेंसीमा रहेको मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ । मेथिनकोट अस्पताल र मानसिक अस्पताल लगनखेलबीच हरेका महिनाको अन्तिम बिहिबार निःशुल्क मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने सहमति भएको हो । उक्त कार्यक्रमको उद्घाटन वागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री लामाले प्रविधिको गलत […]
काडमाडौँ – मानसिक स्वास्थ्य समस्या भएका झण्डै ८० प्रतिशत व्यक्तिहरु स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका प्रा. डा. सरोज ओझाले बताएका छन्। आइतबार सीएमसी नेपालको १९ औँ वार्षिकोत्सवमा बोल्दै डा. ओझाले मानसिक स्वास्थ्यलाई लिएर समाजले गर्ने टिप्पणीका कारण स्वास्थ्य सेवा पहुँच बाहिर रहेको बताएका हुन्। उनले भने,‘मानिसक स्वास्थ्यका बारेमा मानिसहरुलाई बुझाउनु पर्ने कुराहरु धेरै छन्। समाजलाई जागरुक […]
सरकारले नसर्ने रोगको भारलाई सम्बोधन गर्ने रणनीति ल्याएको छ । नसर्ने रोगमध्ये सन् २०२५ सम्ममा सबै जिल्लामा मानसिक सेवालाई प्राथमिकतामा पारिएको हो । नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्य योजना रणनीति ल्याइएको छ । यस क्रममा नसर्ने रोग अन्तर्गतको मानसिक स्वास्थ्य सेवा समेतलाई समावेश गरिएको छ ।मानसिक स्वास्थ्य रणनीति २०७७–२०८१ को मार्गदर्शन अनुसार नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै, रणनीतिअन्तर्गत प्राथमिक स्व
जनस्वास्थ्य सेवा ऐन २०७५ ले मानसिक रोगसम्बन्धी सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा राखेको छ, साथै संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनी मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। यसो हुँदा पनि मानसिक स्वास्थ्यसम्बन्धमा धेरै तगारा छन्। तीमध्ये ए...
जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागीमा २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिवार जानकारी दिएका छन् ।
शुक्रवार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउने क्लिनिक रहेको जनाइएको छ ।
जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयानुसार शुक्रवार बिहान १०:४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ ।
यस आगलागीमा परी कूल २४ जनाको मृत्यु हुनुको साथै अन्य चार ...
सो स्वास्थ्य केन्द्रबाट सामान्य उपचार, औषधि वितरण, गर्भवती तथा बच्चाको जाँच, साधारण प्रसूति, नवजात शिशु सेवा, मानसिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्क्रिनिङलगायत सेवा उपलब्ध गराइने बताइएको छ।
२० भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाबाट बालबालिका तथा किशोर किशोरीलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिइएको छ । त्यसका लागि महानगर अन्तर्गत रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी ५ दिने ‘सेवा प्रदायक’ तालिम प्रदान दिइएको हो । भदौ ७ गतेदेखि ११ गतेसम्म, भदौ १३ गतेदेखि १७ गतेसम्म गरी दुई पटक तालिम भइसकेको वीरगवञ्ज महानगरपालिकाको […]