जापानको मानसिक स्वास्थ्य क्लिनिकमा आगलागी हुँदा २४ जनाको मृत्यु

जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागीमा २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिवार जानकारी दिएका छन् ।  शुक्रवार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउने क्लिनिक रहेको जनाइएको छ ।   जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयानुसार शुक्रवार बिहान १०:४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ ।  यस आगलागीमा परी कूल २४ जनाको मृत्यु हुनुको साथै अन्य चार ...