मस्कको ट्विटपछि बिट्क्वाइनको भाउ बढेर ३९ हजार डलरमाथि

जेठ ३१, सनफ्रान्सिस्को (अमेरिका) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ सोमवार बढेको छ ।  अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाइंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले एक ट्विटमार्फत कम्पनीले भविष्यमा पुनः बिट्क्वाइनमा भुक्तानी स्वीकार गर्न सक्ने बताएपछि यसको भाउ बढेको हो । सोमवार प्रतिगोटा बिट्क्वाइनको भाउ साढे ९ प्रतिशतले बढेर ३९ हजार २४० डलरमा पुगेको क्वाइन डेस्कको तथ्यांकले देखाएको छ ।  यो वर्ष शुरु भएदेखि बिट्क्वाइनको भाउ ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । यद्यपि यसको भाउमा तीव्र उतारचढाव पनि देखिएको छ । अप्रिलमा यसको भाउ ६४ हजार ८२९ डलरको कीर्तिमानी उच्च विन्दुमा पुगेको थियो । अनि मे महीनामा भने यो घटेर ३० हजार डलर नजिक आएको थियो । बिट्क्वाइनमा इनरहरुले माइनिङमा ५० प्रतिशत स्वच्छ ऊर्जा प्रयोग गर्ने गरेको पुष्टि भयो भने कम्पनीले पुनःक्रेताहरुलाई कार खरीदको भुक्तानी बिट्क्वाइनमा गर्ने अनुमति दिने एक ट्विटमा मस्कले भनेका थिए । क्रिप्टोकरेन्सी माइनिङले जलवायु परिवर्तनमा प्रभाव पार्ने चिन्तातर्फ औंल्याउँदै कम्पनीले मध्य–मेमा बिट्क्वाइनबाट कार खरीदमा रोक लगाएको थियो ।  हालैका महीनाहरुमा मस्कको ट्विटले बिट्क्वाइन र समग्र क्रिप्टो बजारलाई प्रभावित बनाउँदै आएको छ । पछिल्लो वृद्धि यसैको नयाँ उदाहरण हो । एजेन्सी  

सम्बन्धित सामग्री

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं, ३ बैशाख । भारतबाट इन्धनको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा साढे ६ रुपैयाँ र डिजेलमा एक रुपैयाँ मूल्य बढेर आएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

पेट्रोलको मूल्य बढेर आयो

नेपाल आयल निगमलाई आईतबार प्राप्त मूल्य अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेलको मूल्य घटेर आएको छ।...

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं – इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर […]

बढेर आयो इन्धनको मूल्य : निगम भन्छ, यसपटक बढाउँदैनौँ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि तत्कालका लागि यथावत् राख्ने जनाएको छ। इण्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेर आएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाइ इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको हो।  डलरको मूल्य वृद्धि भएको र तेल उत्पादक कम्पनी ओपेकले उत्पादन कटौती गरेकाले मूल्य बढेर आएको निगमले जनाएको छ।आईओसीले प्रत्येक महि

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो। निगमका अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ। नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार  डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ । निगमका अनुसार पेट्रोलमा रु.१.७४ प्रति लिटर, डिजेलमा रु. १५.६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२५ प्रति लिटरले बढेर आएको हो । यसले डिजेलमा रु. ६.३४ प्रति लिटर घाटा (रु. १८.५१ करोड घाटा) र एल.पी.ग्यासमा रु. ३२५.४४ प्रति सिलिण्डर घाटा (रु. ३७.६० करोड घाटा) भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा सम

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैं।प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाबाट स्वीकृत भएकाे छ।महानगरको २४ घन्टे अल्टिमेटमपछि काठमाडाैं फनपार्कले कर तिरेकाे छ।भारतबाट बढेर पेट्रोलियम पदार्थको मूल्य बढेर अाएकाे छ।मिटरब्याजी पीडितले बालुवाटारमा प्रर्दशन गरेका छन् ।थप २६९ जनामा कोरोना पुष्टि हुँदा,१ जनाको मृत्‍यु भएकाे छ।

फेरि बढेर आयो पेट्रोलियम पदार्थको खरिद मूल्य

पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।  आइओसीले पठाएको मूल्यअनुसार...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो : निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको जनाएको छ। निगमले मंगलबार सूचना जारी गर्दै भारतीय आयल निगमबाट सबैको मूल्य बढेर आएको उल्लेख गरेको हो। फेब्रुअरी १६ को भन्दा आज मार्च १ तारिखमा प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा, मट्टितेलमा १० रुपैयाँ ३० पैसा र एलपी ग्यास ९९ सय रुपैयाँ १७ पैसाले बढेर आएको निगमले उल्लेख गरेको छ। हवाइ इन्धनमा पनि ३ रुपैयाँ ३२ पैसा बढेको निगमले जनाएको छ। निगमका अनुसार मूल्य नबढाउने हो भने आ

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ- इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, […]