इसेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । यस सम्झौता सँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ वटा शाखाहरुबाट इसेवामनी मार्फत नेपालमा पैसा पठाउन सक्ने भएका छन् । अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जमार्फत इसेवामनी ट्रान्सफरसंग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सक्ने भएका हुन् ।अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवामनि ट्रान्सफरको देशभर रहेका एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ । अलदार एक्सचेन्जको एपबाट पनि चाडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुने बताईएको छ ।