काठमाण्डाै - नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फर्किनु भएको छ ।
बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले बिदाइ गर्नुभयो । ली गएको सोमवार दिउँसो नेपाल भ्रमणमा आउनु भएको थियो । उहाँलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । त्यही दिन सभामुख सापकोटा र लीबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रपति विद्यादेव...