कोटेश्वर बस्ने मीना श्रेष्ठलाई सोमवार सुन्धाराबाट कोठा पुग्न झण्डै ४ घण्टा लाग्यो । निजी कम्पनीमा काम गर्ने उहाँ नियमित कार्यालय छुटेर कोठामा जाने तयारीमा हुनुहुन्थ्यो । प्रायः टेम्पोमा जाने उहाँ त्यस दिन पनि टेम्पो त चढ्नु भयो तर, टेम्पो भने गुड्दै गुडेन । कारण चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु काठमाण्डौ आइपुग्नु भएको थियो । सडकमा उहाँको सवारी थियो । चिनियाँ उच्चस्तरीय नेताको भ्रमण छ भन्ने कुरा त उहाँले पनि थाहा पाउनुभएको थियो । तर, कतिबेला आउने र के हुने भन्नेबारे उहाँलाई जानकारी भएन र चासो पनि राख्नुभएन । त्यसम...