चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेश मन्त्रालयले शुक्रबार सो निर्णय गरेको हो । विदेश मन्त्रालयले प्रतिबन्ध घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरू मध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएको आरोप लगाएको छ ।यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क