२५ माघ, काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परेर दुईजनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको बुलेटिन प्रकाशन गर्दै मोरङ र धनुषामा आगोले जलेर उनीहरूको मृत्यु भएको जनाएको हो । क्षिरेश्वर नगरपालिका-९ इच्छापुर, धनुषाकी ८० वर्षीया मटरीदेवी पण्डितको मृत्यु भएको जिल्ला प्रहरी […]