सिन्धुलीमा कोरोना संक्रमित १ वृद्धाको मृत्यु भएको छ ।
कोरोना संक्रमणपछि होमआइसोलेसनमा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको हो ।
सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलले तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना संक्रमणका कारण आइतवार बिहान मृत्यु भएको जानकारी दिए ।
‘बिरामी भएपछि उपचारका लागि अस्पतालमा परिवारले ल्याएकामा कोरोना संक्रमण पुष्टि भएपछि परिवारले घर लगेका थिए,’ उनले भने ।
कोरोनाको दोस्रो लहरमा संक्रमणबाट मृत्यु भएको जिल्लाको यो पहिलो घटना हो । जिल्लामा हाल ९५ सक्रिय संक्र...