काठमाडौं : कास्की र गोरखा केन्द्रबिन्दु भएर आज विहान दुई पटक भूकम्प गएको छ। गण्डकी प्रदेशको राजधानी पोखरालगायत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको हो। बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन्। धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डार