काठमाडौं । काठमाडौँ उपत्यकामा आज शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।