बालेन्द्र साह काठमाडौंको मेयरमा निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह (बालेन)निर्वाचित भएका छन् । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन २३४२६ मतको फराकिलो अन्तरका साथ मेयरमा निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

जसले सक्यो, उसले लुट्यो हाम्रो टुँडिखेल

हामी यसै पनि संघीय सरकारको रवैयाबाट पीडित बनिआएकै छौं । एकपछि अर्को मेयर पनि त्यही बाटोमा लागेपछि त हामी नागरिक ‘समाउने हाँगो न टेक्ने अखेटो’ हुनेभयौं ।

दूतावासको निम्तोमा हिमानी, बालेनसँग के भयो कुराकानी ?

७ कात्तिक,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पूर्वराजपरिवार सदस्य हिमानी शाहले भेटेकी छिन् । कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरेको भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानीबीच भेट भएको हो । भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेयरमा निर्वाचित भएकामा बधाई दिएकी बालेनको सचिवालयले जानकारी दिएको […]

केशव स्थापितले दिए काठमाडौंको मेयरमा निर्वाचित बालेनलाई बधाई

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौंको मेयरका उम्मेदवार केशव स्थापितले काठमाडाैं महानगरपालिकाकाे नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) लाई बधाई दिनुभएकाे छ । उहाँले आज शुक्रबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत मेयरमा निर्वाचित बालेन साहलाई बधाई दिदै कार्यकालको शुभकामना समेत दिनुभएकाे हाे । काठमाडौं महानगरवासीले गरेको भरोसा गर्दै मतपेटिकामा खसालेका प्रत्येक पत्रपत्रको सम्मान गर्न पनि स्थापितले […]

बालेनलाई बधाई दिँदै सिंहले भनिन् - मत जित्न सकिनँ, नगरवासीको मन जितें

नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मत जित्न नसके पनि नगरबासीको मन जितेको बताएकी छिन् । काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिँदै सिंहले  यस्तो बताएकी हुन् ।‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें,’ उनले भनिन् ।  लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने सिंहले प्रतिबद्धता व्यक्त गरिन्

काठमाडौंको  मेयरमा पहिलोपटक स्वतन्त्र विजयी

संघीय राजधानी रहेको काठमाडौं महानगरको मेयरमा पहिलोपटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख दलका उम्मेदवारलाई फराकिलो अन्तरले हराउँदै बालेन्द्र साह काठमाडौं महानगरको मेयर बनेका हुन् । लौरो निर्वाचन चिह्न पाएका उनले...

काठमाडौंको मेयरमा बालेनले २० हजार कटाउँदा केशव स्थापितको साढे १० हजार

काठमाडौं : काठमाडौं महानगरको मेयरमा लौरो चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका बालेन्द्र साह(बालेन)ले २० हजार मत कटाएका छन्। बिहिवार बिहानको ताजा परिणाम अनुसार बालेनको पक्षमा २० हजार २०१ मत खस्दा एमालेका केशव स्थापितको पक्षमा १० हजार ६३८ मत खसेको छ। यता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९ हजार ८७७ मत…