एमसीसीबारे माओवादी र अरू पार्टीको एउटै मत छैन : प्रचण्ड

विराटनगर । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका विषयमा आफ्नो पार्टी र नेपालका अरू राजनीतिक पार्टीहरूमा एउटै मत भइनसकेको बताएका छन् ।    एमसीसीका विषयमा आफूहरूबीच मतभेद भएको बताउँदै उनले पार्टीले निर्णय गरी अघि बढिसकेकाले एउटा अपिलमार्फत एमसीसीबारे एउटै आवाज बनाउनुपर्ने बताए । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने...

सम्बन्धित सामग्री

पार्टीको नामै परिवर्तन गरेर भएपनि एकताको पक्षमा प्रचण्ड

काठमाडौं, ३ असोज । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताका लागि पार्टीको नाम परिवर्तनबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिने बताएका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गरी लेखिएको पत्रमा पार्टी एकतालाई सफल तुल्याउन पार्टीको नामबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक […]

पार्टीको नीतिविपरीत जानेलाई कारवाही हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारवाही गर्ने उनको भनाइ छ । अन्तर्घात छानविनका लागि माओवादीले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति […]

अर्थमन्त्री फेर्ने अहिले पार्टीको नीति नै छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको बताएका छन् । साथै अध्यक्ष प्रचण्डले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति समेत नरहेको प्रस्ट पारे ।केही अनलाइन सञ्चारमाध्यमले अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई आइतबार खुमलटारमै बोलाएर ‘राजीनामा मागेका’ समाचारहरू सार्वजनिक भएका थिए ।तर, अध्यक्ष प्रचण्डले अर्थमन्त

एमाले महाधिवेशनमा प्रचण्ड गएनन्, लीलामणि पुगे पार्टीको प्रतिनिधि

काठमाडौं : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन्। प्रचण्डले आफू उपस्थित नहुने भएपछि पार्टीको तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाएका छन्। महाधिवेशनमा सहभागी हुन पोखरेल चितवन पुगिसकेका छन्। प्रचण्ड आज  बिहानै काभ्रेका हुने कार्यक्रममा सहभागी हुन गएको स्वकीय सचिव रमेश मल्लले बताए।उनले भने, ‘अध्यक्षज्यूको पूर्वनिर्धारित कार्यक्रम काभ्रेमा थियो। त्यसैले पार्टीको तर्फबाट लीलामणि पोखरेललाई पठाउनुभएको छ।&rsq

विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारी : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रुपमा तयार भैसकेको बताएका छन् । माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले गरेको अध्ययनअनुसार विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रुपमा बुझेको बताए ।‘विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीको रुपमा तयार भइसक्नुभएको रहेछ । हिजो स्थायी समिति बैठकमा पनि युवा नेताहरुको क

संसदलाई प्रचण्ड-नेपालको पत्र : ओली पार्टीको साधारण सदस्य पनि होइनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्डमाधव समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्यबाट निश्कासन गरेको जानकारी गराएको छ । प्रचण्ड माधव समुहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मा लगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधरण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराउनुभएको हो । सो समुहले संसदीय दलको हैसियत गरिने कुनै पनि कार्यलाई मान्यता नदिन पनि संघीय संसद सचिवालयलाई आग्रह गरेको छ । पत्रमा पार्टीको विधान अनुसार साधारण सदस्य तथा अध्यक्षबाट निश्कासन गरिसकेकाले संसदीय दलको नेताको रुपमा रहन नसक्ने भन्दै सम्बन्धीत सबैको ध्यानाकर्षण गराईएको छ । पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता देव गुरुङले संसदीय दलका नेताको सवाल भएकाले उहाँलाई साधारण सदस्य र अध्यक्षबाट हटाएको बारे संसद सचिवालयलाई लिखित जानकारी गराईएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदीय दलका नेतासंगको कुरा भएकाले पार्टीको अध्यक्षबाट र साधारण सदस्यबाट पनि हटाईसकिएको अवस्था छ । मल्टिपार्टी डेमोक्रेसीमा पार्टीकै नीति निर्देशन अनुसार संसदीइ दल चल्ने खालको विधि विधान भएको हुनाले त्यही अनुसार संसदीय दलमा पार्टीले गरेका निर्णयहरुको सम्बन्धमा ध्यानाकर्षण होस् भन्नका लागि पार्टीको तर्फबाट पत्र दर्ता गराईएको अवस्था छ ।’ अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको ‘जानकारी सम्बन्धी पत्रमा’ भनिएको छ, ‘असंबैधानिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनको निर्णयलाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनः स्थापित भइसकेको अवस्थाामा माथिका प्रकरणहरुमा उल्लेखित वस्तुतथ्यको विपरीत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तथा यसको संघीय संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारवाहीलाई अनाधिकृत भई मान्य नहुने कुरा जानकारी गराउँछु ।’

प्रचण्ड–नेपाल समूहद्वारा पार्टीको संगठनात्मक संरचनालाई पुनर्गठन गर्ने मापदण्ड तय

प्रतिनिधिसभा विघटनसँगै विभाजित बन्न पुगेको नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले पार्टीको संगठनात्मक संरचनालाई पुनर्गठन गर्ने मापदण्ड तय गरेको छ । पार्टी विभाजित भएसँगै रिक्त रहेको संगठनमा पुनर्गठनका लागि मापदण्ड तय गरेको हो । पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोगमा रहेका बेला प्रचण्ड–नेपाल समूहले सबै संगठन कमिटीको पुनर्गठनको काम अगाडि बढाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले केन्द्रदेखि वडा तहसम्म नै पार्टीको संगठनात्मक संरचनाको पुनर्गठनको काम अगाडि बढाउने बताएको छ । पार्टीको ...

नेकपा प्रचण्ड–माधव पक्षद्वारा पार्टीको आधिकारिकता दाबी

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दाबी गरेको छ ।मंगलबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतको नेताहरुको टोली निर्वाचन आयोग पुगि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता दाबी गरेका हुन् । नेकपा प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले पार्टीको ७० प्रतिशतभन्दा बढी केन्द्रीय […]

निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने प्रचण्ड–माधव समूहको निर्णय

१९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने […]