अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराको सम्बन्ध विशेषरुपमा जोडिएको छ । किनभने, महरा सभामुख रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एमसीसी सम्झौता संसद्मा टेबुल गर्न पटक–पटक ‘दबाब’ दिएका थिए । तर, सभामुख महराले प्रधानमन्त्री ओलीको आग्रहलाई मानेनन् र दुईबीचको सम्बन्धमा दरार आयो ।प्रधानमन्त्री र सभामुखको सम्बन्धमा एमसीसीले दरार ल्याएको विषयलाई स्वीकार्दै महराले रातोपाटीसँग