२१ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा अन्तर्गत घरेलु टोली नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो । नामिबियासँगको यो खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ । करण केसीकाे स्थानमा साेमपाल कामी पहिलाे राेजाईँमा मैदान उत्रिएका छन् […]