२१ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरण मागिएकाहरुमा हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा÷कविर÷सुनकोशी जेभी काठमाडौंका नारायण […]