यी स्थानमा पुनः निर्वाचनको मिति तोकियो, कहाँ कहिले ?

वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन स्थगित भएका विभिन्न मतदान केन्द्रमा पुनः निर्वाचनको मिति तोकिएको छ । सम्बन्धित निर्वाचन अधिकृतहरूले पुनः निर्वाचनका लागि मिति तोकी सूचना प्रकाशित गरेका हुन् ।स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ८५ पुगेको छ ।  निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणानुसार लुम्बिनी प्रदेशबाहेक छ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ केन्द्रमा मतदान स्थगन भएको हो । 

सम्बन्धित सामग्री

देशभरका २२ स्थानमा रिक्त भए जनप्रतिनिधि, फेरि कहिले होला उपनिर्वाचन?

काठमाडौं : नेकपा एमालेका उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत मंगलबार निधन भयो। संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङ ०७९ साल मंसिरमा भएको निर्वाचनमा इलामको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। उनको निधनसँगै ईलाम क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा नेतृत्वविहिन बनेको छ। उक्त निर्वाचन क्षेत्रमा अब पुनः निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। प्रतिनिधिसभाको कार्यकाल ४ वर्षभन्दा धेरै बाँकी रहेकोले उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गर्नुपर्ने भएको हो। गत ५ असा

२१ स्थानमा जनप्रतिनिधि रिक्त, उपनिर्वाचन कहिले ?

रिक्त रहेको स्थानमा सरकारसँग परामर्श गरेर चुनाव गराउने आयोगको तयारी छ । निर्वाचन आयोगले जनप्रतिनिधि रिक्त रहेको स्थानको बारेमा सरकारलाई जानकारी गराइसकेको छ ।

चक्रपथबाहिर कहिले पुग्छ मेलम्चीको पानी ?

२९ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममै काठमाडौं उपत्यकाको चक्रपथबाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन थाल्ने घोषणा गरेको थियो । खानेपानी अभावको समस्याले ग्रस्त भएका स्थानीयहरु यस्तो घोषणा उत्साहित भए पनि काम सुरु भएन । सरकारले आगामी वर्षका लागि ल्याएको बजेटले त झन् पाइप बिछ्याइने […]

कहिले रोकिएला वर्षा ?

काठमाडौंः देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ। देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए। “आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ”, उनले भने। मनसुनको न्यून चापीय रेखा…

सफा महानगर कहिले ?

संघीय राजधानी सहर काठमाडौंका लागि फोहोर व्यवस्थापन सधैं चुनौतीकै विषय बनिरह्यो । यति बेला सहरका हरेक चोकचोकमा अनि घरघरमा फोहोर थुप्रिएर बसेको कहिले उठ्ने टुंगो छैन । दैनिक भान्साबाट निस्कनेलगायत फोहोरको विसर्जन गर्ने एकमात्र थलो हो— नुवाकोटको सिसडोल । यदि उक्त स्थानमा फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भयो या त्यहाँसम्म पुग्ने सडक मर्मत–सम्भार गर्ने कार्य भयो […]

स्थानीय तह निर्वाचन: २२ पालिका प्रमुखमा महिला विजयी, केहीमा अग्रता

काठमाडौं–स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मतपरिणाम घोषणा हुने क्रम अब अन्तिम चरणमा छ। काठमाडौं महानगरमा प्रमुख पदमा उम्मेदवारी दिएकी सिर्जना सिंह कहिले तेस्रो तथा कहिले दोस्रो स्थानमा छिन् भने भरतपुरमा रेनु दाहालले केही दिनदेखि अग्रता कायम गरिरहेकी छिन्। मत परिणामको स्थिति हेर्दा सिर्जनाको स्थिति भन्न नसकिए पनि रेनुले जित्ने स्थिति छ। यस पटकको निर्वाचनमा महिला […]

उम्मेदवारको निधन भएका स्थानमा कहिले हुन्छ चुनाव ?

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु भएको छ । उनीहरुको मृत्युसँगै सो स्थानको चुनाव अनिश्चित बनेको छ ।  कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुखका लागि उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनलाई हृदयघात भएको थियो । उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा  गएराति मृत्यु भएको हो । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भए

वर्षासँगै ठाउँठाउँमा हिमपात ! कहिले आउन्छ मौसममा सुधार?

काठमाडौं, माघ २२। पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भेगमा बर्षा र हिमपात आजपनि जारी रहने भएको छ । आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अरु प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ […]

फिरन्ते चराहरू

आफू बसिरहेको स्थान बस्न र सन्तान हुर्काउन लायक नभएको अवस्था तथा मौसममा अन्यत्र जाने र पछि उपयुक्त वातावरण भएपछि फिर्ता आउने चरालाई फिरन्ते चरा भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा वर्षभरि एकै स्थानमा नबस्ने, कहिले कता कहिले कता डुलिरहने चरालाई फिरन्ते चरा भनिन्छ । यसलाई प्रवासी, आगन्तुक र विदेशी चरा पनि भन्ने गरिन्छ । यसमा कमकुट, […]