काठमाडौं : नेकपा एमालेका उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत मंगलबार निधन भयो। संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङ ०७९ साल मंसिरमा भएको निर्वाचनमा इलामको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। उनको निधनसँगै ईलाम क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा नेतृत्वविहिन बनेको छ। उक्त निर्वाचन क्षेत्रमा अब पुनः निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। प्रतिनिधिसभाको कार्यकाल ४ वर्षभन्दा धेरै बाँकी रहेकोले उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गर्नुपर्ने भएको हो। गत ५ असा