शहरमा सुरु भयो दसैंको चहलपहल, मनाेहरामा लिंगे पिङ बनाइँदै (फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै चहलपहल बढेको छ । राजधानी काठमाडौंमा पनि सपिङ गर्नेदेखि घर जान तयारी गर्नेहरुसम्म देख्दा दसैंको रौनकको आभास दिन्छ । दसैंमा विभिन्न स्वादिष्ट परिकार बनाइने खाइने कुरा एउटा महत्वपूर्ण पक्ष हो भने धेरै विषयमध्ये छुटाउनै नहुनेमा पर्छ पिङ । हुन त शहरमा विभिन्न किसिमका स्वीङ पाइन्छन् । घर घरमै […]

सम्बन्धित सामग्री

‘लिङ्गे पिङ खरको’ बोलको दसैं गीत सार्वजनिक

‘लिङ्गे पिङ खरको’ बोलको दशैं गीत कोचे नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। प्रेम शर्मा पौडेलको निर्देशन तथा सम्पादन रहेको गीतमा पौडेल र दिव्या बयलकोटीको मुख्य अभिनय रहेको छ। गीतको भिडियोमा...

फोटो फिचर: हराउँदै लिंगे पिङ

चाडपर्वको रौनक बढाउने लिंगे पिङ कपिलवस्तुमा हराउँदै गएको छ । चचहुइय्य भन्दै दसैं-तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । ८/१० वर्ष अघिसम्म दसैंको घटस्थापनादेखि गाउँ-टोलमा रोटे, जाते र लिगे पिङ हालेर गाउँले रमाउने गर्थे । तर, आजभोलि यस्ता पिङ निक्कै कम देखिन्छन् । रोटे र जाते पिङ त देख्नै छाडिएको छ ।

तेह्रथुमका गाउँगाउँमा बनाउन थाले लिंगे पिङ

तेह्रथुमको छथर गाउँपालिका–५ शुक्रबारेनजिकै गत वर्षझैं यस वर्ष पनि लिंगे पिङ बनाइएको छ । गाउँका युवाहरू मिलेर पिङ बनाएका हुन् । दसैंंको घटस्थापनासँगै तेह्रथुमका गाउँगाउँमा लिंगे पिङ बनाउन थालिएको छ । युवाहरू जंगलबाट बाबियो काटी ल्याएर पिङ बनाउने गरेका छन् । दसैंमा एकपटक भुइँ छोड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।जब गाउँमा पिङ बनाउन सुरु […]

लोप हुँदै लिंगे पिङ

नेपालीहरूको मुख्य चाड दसैं र तिहारको मनोरञ्जनको प्रमुख साधन पिङलाई मानिन्छ। पहिले–पहिले गाउँघरमा जताततै पिङ हालिन्थ्यो।...

लिंगेपिङको संस्कृति जोगाउन बन्यो गीत ‘च च हुई’

बुटवलको ब्याण्ड ‘अमेध्यं’ ले दसैं र तिहार गीत ‘च च हुई’ ल्याएको छ । लोक रक संगीत पृष्ठभूमि भएको व्याण्डले समुदायबाट हराउँदै गएको लिंगे पिङ संस्कृतिलाई संरक्षण गर्नुपर्ने जोड गीतमा दिइएको छ । गीतमा सुजल रानाको स्वर, ओम शंकर श्रेष्ठको शब्द छ ।भिडियोमा सुजल राना, विजय विश्वकर्मा, भिवास थापामगर, सिओन जिओन, विकास रेग्मी, आनन्द खड्का, विमा थापामगर, अञ्जिला क्षेत्री, ममता पुन मगर, थानी राना मगर, सब्रिना क्षेत्री, सुशान्त पाण्डे, मधुकला कुँवर, वर्षा पन्थी, दीपक पन्थी, रमा केसी, म

अमेध्यंको सांगीतिक ‘च च हुई’

काठमाडौं–बुटवलमा रहेको ब्याण्ड ‘अमेध्यं’ले दशैं र तिहारलाई लक्षित गर्दै ‘च च हुई’बोलको भिडियो सार्वजनिक गरेको छ । लोक रक संगीत पृष्ठभूमि भएको व्याण्डले पहिलो एलबमको पहिलो गीत सार्वजनिक गरेको हो । भिडियोमा समुदायबाट हराउदै गएको लिंगे पिङ संस्कृतिलाई संरक्षण गर्नुपर्ने जोड दिइएको छ । गीतमा सुजल रानाको स्वर, ओम शंकर श्रेष्ठको शब्द छ । भिडियोमा […]

लोप हुँदै गएको पिङ, यसवर्ष छिटफुट पिङमा रमाउदै (फोटो फिचर)

आजभोली पिङ संस्कृति लोप हुँदै गएको छ । केही दशक अघिसम्म दशैं तिहारमा पिङनै मुख्य मनोरञ्जनको थलो बन्ने गरेको थियो तर हिजोआज सामाजिक सञ्जाल प्रयोग र इन्टरनेटले पिङ लोप हुन थालेको छ । यस वर्ष भने छिटफुट रुपमा पिङ थापेर खेल्ने गरेको पाइएको छ । अधिकांस क्षेत्रमा लिंगे पिङ मात्र थापेको पाइए पनि रोटे पिङ, चर्के पिङ भने पुर्ण रुपमा लोप हुने अवस्थामा पुगेको देखिएको छ ।

अहा पिङ ! चचहुई चचहुई !!

२९ असोज, काठमाडौं । दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो–लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ । केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक […]

प्रविधिप्रति युवापुस्ताको मोह, हराउँदै ऐतिहासिक महत्वको लिंगे पिङ संस्कृति

काठमाडौँ – चचहुइ सरररर ….! दशैँ भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर पछिल्ला वर्षहरुमा पिङ संस्कृति भने ओझलमा पर्दै गएको छ । केही समय अघिसम्म दशैँको नौरथा सुरु भएपछि गाउँदेखि शहरसम्म पिङको माहोल देखिन्थ्यो । खासमा दशैँँ र तिहार भनेपछि गाउँमा पिङकै बढी महत्व हुन्थ्यो । तर, आजभोलि भने त्यो उत्साह गाउँघरमा देखिँदैन […]

दशैँ तिहारमा लोप हुँदै लिंगे पिङ

नविन मास्के- भोजपुर : केही वर्ष अघिसम्म विभिन्न बहानामा देश तथा विदेशमा प्रदेशिएका गाउँघरका युवा युवतीहरू भेला हुने अवसरनै दशैं तिहार थियो। यस अवसरमा भेला भएका युवा युवतीहरूले टोलटोलमा लिंगे पिङ लगाएर मेला लगाउने गर्थे। टोल टोलमा पिङ लगाएर मेला लगाउँदा गाउँको रौनकता नै निकै फरक देखिन्थ्यो, तर पछिल्लो केही व...