चाडपर्वको रौनक बढाउने लिंगे पिङ कपिलवस्तुमा हराउँदै गएको छ । चचहुइय्य भन्दै दसैं-तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । ८/१० वर्ष अघिसम्म दसैंको घटस्थापनादेखि गाउँ-टोलमा रोटे, जाते र लिगे पिङ हालेर गाउँले रमाउने गर्थे । तर, आजभोलि यस्ता पिङ निक्कै कम देखिन्छन् । रोटे र जाते पिङ त देख्नै छाडिएको छ ।