भोलि उम्मेदवारको मनोनयन दर्ता, निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै

निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन बोलाएको छ । दिउँसो साढे ४ बजे आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार २ दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ । आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

सम्बन्धित सामग्री

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी उम्मेदवार मनोनयन दर्ताका लागि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी […]