३६ लाख जरिवाना तोकिएका अभियुक्त  बैंकिङ कसूरमा पक्राउ

चैत ९, काठमाडौं । प्रहरीले बैंकिङ कसूरमा दोषी ठहर भई जरिवाना र कैद सजाय तोकिए पछि फरार रहँदै आएका एक जना अभियुक्तलाई  बुधवार पक्राउ गरेको छ । काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको छ ।             उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद हुने ठहरपछि फरार रहेका काठमाडौंको क्षेत्रपाटी बस्ने ३८ वर्षका रगुन खड्केलाई पक्राउ गरिएको हो ।             उनले पीडितलाई न्यूरोडको महालक्ष्मी विकास बैंंकको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए । उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नहुँदा पनि झुक्यानमा पारी चेक दिएका थिए । उक्त चेकमार्फत भुक्तानी हुन नसकेको ठहर गर्दै अदालतले गत वर्ष उक्त जरिवाना र कैद सुनाएको थियो ।             त्यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले पक्राउ गरेको हो । अभियुक्तलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले बताएको छ ।

सम्बन्धित सामग्री

२ महिनामा ४३ फरार अभियुक्त पक्राउ

उदयपुर प्रहरीले दुई महिनाको अवधिमा झण्डै ४ दर्जन फरार अभियुक्त पक्राउ गरेर सजायको भागीदार बनाएको छ। चालु आर्थिक वर्ष सुरु भएपछिको साउन १ देखि भदौ ३१ गतेसम्ममा ४३ जना फरार अभियुक्त पक्राउ गरी सजाय र बिगो जरिवाना भुक्तान गराएको जिल्लाप्रहरी कार्यालयले जनाएक...

वीरगञ्जबाट ८ जना फरार अभियुक्त पक्राउ

३१ साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट एकै दिनमा ८ जना फरार अभियुक्त पक्राउ गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भई पर्सा जिल्ला अदालतबाट दण्ड जरिवाना तोकिएपछि फरार रहेका ८ जनालाई पक्राउ गरिएको हो । २६ वर्षअघि जुवा मुद्दामा ५० रुपैयाँ जरवाना तोकिएका लगायत विभिन्न मुद्दामा पर्सा जिल्ला अदालतबाट कसुरदार ठहर भई फरार रहेका ८ […]

पाँच लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ५ लाख जरिवाना ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका–१० घर भएर काठमाडौंको रामहिटी बस्ने २६ वर्षीया कृपा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।उच्च अदालत पाटनले असार १० मा खड्कालाई ५ लाख जरिवाना, २ दिन कैद र २० हजार क्षतिपुर्ति हुने ठहर गरेको थियो । बैंकिङ्ग कसुर मुद्दामा जरिवाना र सजायको फैसलापछि खड्का फरार थिए ।बिहिबार उनलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेर प्रहरीले जिल्ला अद

लमजुङमा एक वर्षमा ६० जना फरार अभियुक्त पक्राउ

लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० जना फरार अभियुक्त पक्राउ गरेको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार ४५ जना पुरुष  र १५ जना महिलालाई पक्राउ गरेका छन् । उनीहरू ३९ वर्ष ३ महिना ९ दिन कैद र १ करोड ३६ लाख १८ हजार ९ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने अभियुक्त हुन् । गत आव ०७७/७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ जना पक्राउ गरिएकोमा उनीहरूको असुल कैद १६ वर्ष ६ महिना ३ दिन र ३ लाख ५३ हजार ३ सय ५० रुपैयाँ जरिवाना रकम थियो । अघिल्लो आव ०७६/७७ मा ९ पुरुष फ

बैंकिङ कसूरमा ११ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त महाराजगञ्‍जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ घर भई हाल महाराजगञ्‍ज बस्‍ने ५६ वर्षीय अनिल मोक्तान रहेका छन् । उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै उनलाई ७ दिन कैद र ११ लाख पचास हजार रुपैयाँ जरिवाना सुनाएको थियो । […]

अर्घाखाचीमा ९ वर्षदेखि फरार अभियुक्त पक्राउ

अर्घाखाची । ९ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन् । अनुमति विना नै रुख काटेको मुद्दामा २०६९ मा जिल्ला अदालत अर्घाखाँचीबाट ४२ हजार ५ सय ९२ रुपैयाँ जरिवाना फैसला भए पनि फरार रहेका शितगंगा नगरपालिका–११ सिद्धाराका बखानसिंह आले पक्राउ परेका हुन् । पक्राउ परेका आलेसँग जरिवाना असुल समेत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको […]

ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ

सर्लाही । ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम […]

वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ

ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरजंग, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम थापा तथा  ईश्वरपुर नगरपालिका–६, बयलबासका ३४ वर्षीय मझर अन्सारी रहेको बयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।तीन अभियुक्तमध्ये कार्कीव

पर्सामा गत आर्थिक वर्षमा १५८ जना फरार अभियुक्त पक्राउ, झण्डै ७२ लाख जरिवाना असुल

वीरगञ्ज – पर्सामा ०७७/७८ मा १ सय ५८ जना फरार अभियुक्त तथा प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरी कैद र जरिवाना असुल गरेको छ। प्रहरीले बितेको आर्थिक वर्षमा ७८ जना फरार प्रतिवादी र ८० जना फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले उपल्बध गराएको तथ्यांकमा उल्लेख छ। पक्राउ परेका प्रतिवादी र अभियुक्तबाट प्रहरीले ९६ वर्ष कैद […]

बर्दियामा चार महिना ९० फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाले चार महिनामा ९० फरार अभियुक्त पक्राउ गरेको छ । साथै झण्डै २२ लाख जरिवाना असुली गरिएको छ ।  प्रहरी उपरीक्षक ईश्वर कार्कीले बर्दियाको कमाण्ड सम्हालेको चार महिना पुगेको छ । यो अवधिमा ९० फरार अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  यसैबीच २०७१ सालमा सवारी ज्यान मुद्दामा एक दिन कैद फैसला सुनाइएका ४५ वर्षीय बलबहादुर थापा क्षेत्रीलाई पक्राउ गरिएको छ ।