ग्रामिण विकास लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् ७ एजेण्डा

ग्रामिण विकास लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २८ गते शनिवार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १७ देखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: साधारण प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले संस्थाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो प्रस्ताव उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण, नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण (अनुसूची सहित) उपर छलफल गरी पारित गर्ने । ३. बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७४/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।विशेष प्रस्ताव१. यस संस्थाको प्रवन्ध-पत्र तथा नियमावलीमा समसामयिक विषयमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।२. ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने प्रयोजनका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एवम् अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद गर्ने लगायतका कार्यहरुसँग सम्वन्धितआवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा । ३. नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको निर्देशन लगायत अन्य कारणले संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा कुनै संशोधन परिमार्जन थपघट वा परिवर्तन गर्नु पर्ने अवस्था भएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा । विविध प्रस्ताव१. नेपाल सरकार, अर्थमन्त्रालयसँग सहुलियतपूर्ण ऋणका लागि अनुरोध गर्ने सम्बन्धमा ।

सम्बन्धित सामग्री

नयाँ सारथी लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् ११ प्रस्ताव

नयाँ सारथी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १० गते भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपछि कायम शेयरधनीलाई बोनसमा कर लाग्ने भएको कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २३ देखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा  पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव: १) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने ।३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व.०७८/७९ को  लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५(घ) वमोजिम लेखापरीक्षण समितिको सिफारिस वमोजिम लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने । ४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब.२०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १.० प्रतिशतले (बोनस शेयरको कर प्रयोजनको लागि मात्र) हुन आउने रकम रु.२५,४९,५४०।-(अक्षरेपी पचिस लाख उनन्पचास हजार पाचसय चालिस मात्र) नगद लाभांस छुट्याएकोमा उक्त रकमबाट एकिकृत कारोवार प्रारम्भ भएको मिति २०७७ आश्विन ०५ गते पश्चात शेयर खरिद गरेका शेयरधनीहरुको हकमा मात्र कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गर्ने । ५) साविक सारथी लघुवित्त वित्तीय संस्था, सत्यवती लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई एकिकृत कारोवार हुनु अघिसम्मको वित्तीय विवरण र लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने।विशेष प्रस्ताव ख) विशेष प्रस्तावहरु१) संचालक समितिले प्रस्ताब गरे बमोजिम यस वित्तीय संस्थाको आ.ब.२०७७/७८ सम्मको संचित मुनाफाबाट हालको चुक्ता पूँजी २५,४९,५४,०००।-(अक्षरेपी पचिस करोड उनन्पचास लाख चौवन्न हजार मात्र) को १९% (उन्नाईस प्रतिशत) ले हुन आउने रकम रु.४,८४,४१,२६०।- (अक्षरेपी चार करोड चौरासी लाख एकचालिस हजार दुईसय साठी मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताब स्वीकृत गर्ने।२) सर्वसाधारणको लागि छुट्याएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (Further Public Issue) गर्ने र सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने सम्बन्धमा ।३) थप सार्वजनिक निष्काशन (FPO) र बोनस शेयर वित्तरण पश्चात वित्तीय संस्थाको पूँजी बृद्धि हुने भएकोले पूँजी बृद्धि लगायतका विषयमाप्रबन्धपत्र/नियमावलीमा संशोधन गर्ने सम्बन्धमा।४) संचालक समितिको मिति २०७८ साल मंसिर १७ गते बसेको २८औं बैठकले प्रचलित कानून एव्म वित्तीय संस्थाको नियमावलीको अधिनमा रहि स्वतन्त्र संचालक पदमा एक कार्यकालको लागि श्री सृजना शर्मा (गौतम)लाई नियुक्त गरेकोमा सोको जानकारी सम्बन्धमा ।५) वित्तीय संस्थाले अन्य वित्तीय संस्था गाभ्ने/गाभिने, प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।६) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संसोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाब वा निर्देशन दिएमा सोहीअनुरुप आवश्यक संशोधन वा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने सम्बन्धमा ।

आरम्भ चौतारी लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

आरम्भ चौतारी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २७ गते आइतबार काभ्रेको बनेपा स्थित बनेपा पार्टी भेन्युमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  २१ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु २८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६,०२,२०,२६१/-(अक्षरुपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:साधारण प्रस्ताव:१) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आ.व.२०७७/७८ को नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने। ३) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु.२८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६०२२०२६१।- (अक्षरेपी छ करोड दई लाख बिस हजार दई सय एकसटी रुपैया मात्र) र संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम रहेको चुक्ता पूँजी रु.३०,६९,२३,१४८/(अक्षरेपी तीस करोड उनान्सत्तरी लाख तेइस हजार एक सय अठचालीस रुपैया मात्र) समेतमा समायोजन गरी उक्त बोनश शेयर वितरण गर्न स्विकृति प्रदान गर्ने । ४) लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (बहालवाला लेखापरीक्षक श्री प्रसिद्ध आचार्य प्रसिद्ध ए एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्त हुन योग्य हुनुहुन्छ ।) ५) संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक श्री विनोद ज्ञवालीज्यूको नियुक्ति अनुमोदन गर्ने।विशेष प्रस्ताव:१) संचालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट चुक्ता पूंजी रु.३०,६९,२३,१४८/- को २१ प्रतिशतले रु.६,०२,२०,२६१।- (अक्षरेपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्विकृती प्रदान गर्ने । २) निम्नानुसारको विषयहरु अनुरुप संस्थाकोको प्रबन्धपत्र/नियमावलीमा संशोधन /थप गर्ने : (अ) विशेष प्रस्ताव नं. (१) मा प्रस्ताव गरे वमोजिम बोनस शेयर जारी गर्दा संस्थाको पुँजी समेत बृद्धि हुने हुंदा सो को लागि प्रबन्धपत्रमा संशोधन गरी पूँजी बृद्धि गर्ने। (आ) संस्थाको नियमावलीमा सञ्चालकहरुको भत्ता/सुविधा बृद्धि गर्ने । ३. भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती/समाहित (Acquisition) गर्ने/हुनेप्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । ४. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

आरएमडिसी लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् १० बुँदे प्रस्ताव

आरएमडिसी लघुवित्त वित्तीय सँस्थाले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले पुस ३० गते काठमाडौँको कालिकास्थान स्थित अमृतभोगमा  सभा आह्वान गरेको हो ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई  २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहितको लागि ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।   साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: सामान्य प्रस्ताव १. सञ्चालक समितिको तर्फबाट २३ औं वार्षिक साधारण सभामा प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु सहितको आ.व. २०७७/०७८ को वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने । ३. संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजी रु. १,०३,४२,२१,९००/- को ५% ले हुने रकम रु.५,१७,११,०९७/- नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित) पारित गर्ने । ४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७८/७९ को हिसाव किताव लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । ५. संस्थाको नियमावली अनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने ।विशेष प्रस्ताव: १. संचालक समितिले सिफारिश गरे बमोजिम चुक्ता पूँजी रु. १,०३,४२,२१,९००/- को २०% ले हुने रकम रु.२०,६८,४४,३८८/- बराबरको वोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । उक्त अनुपातमा बोनस शेयर जारी गर्दा हुन आउने भिन्न अंक (fraction) लाई पहिलेको भिन्न अंकसंग समायोजन गरी बाँकी हुन आउने भिन्न अंक पछि समायोजन गर्ने गरी यथावत राख्ने। २. आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था (हरु) एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ति) वा प्राप्त गर्न उपयुक्त देखिएमा वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकनका लागि मूल्याकनकर्ता नियुक्त गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।३. संस्थाको जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरुमा आवश्यक संशोधन गर्ने। ४. संस्थाको नियमावलीको नियम २९ को उपनियम (१) (ख) संशोधन गर्ने । ५. प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा अन्य निकायबाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार सोमा थपघट परिमार्जन, संशोधन तथा सच्याउनको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने ।

खप्तड लघुवित्तको साधारणसभा आह्वान, आईपिओ निष्काशन सहितका यस्ता छन् ८ प्रस्ताव

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते शनिवार अत्तरियाको होटेल नमस्तेमा सभा आह्वान गरेको हो ।  सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आईपिओ निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड रहनेछ । खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  ।यस्ता छन् कम्पनीको स्वाहामा पेश हुने प्रस्ताव :  सामान्य प्रस्ताव: १. संचालक समितिको तर्फबाट अध्यक्षज्यू द्वारा प्रस्तुत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । २. लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. ०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुचिहरु पारित गर्ने । ३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७०/७१ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरिक्षक श्री वस्याल एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स पुन. नियुक्ति हुन योग्य हुनुहुन्छ।। ४) सर्वसाधारणको लागि शेयर (IPO) निष्काशन गर्ने ।  विशेष प्रस्ताव १ वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।२. यस वित्तीय संस्थामा अन्य लघुवित्त वित्तीय संस्था वा अन्य लघुवित्त वित्तीय संस्थामा यस वित्तीय संस्था गाभ्ने गाभिने वा प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा मर्जर प्राप्ति समितिको गठन गर्ने, उपयुक्त संस्था संग सम्झौतापत्रमा हस्ताक्षर (Memorandum Of Understanding) गर्ने, सम्पती तथा दायित्वको मुल्यांकन (Due Diligence Audit) गर्ने गराउने, शेयर आदन प्रदान अनुपात तय गर्ने, गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्ने लगायतका आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा । ३. यस वित्तीय संस्थाको आ.व. २०७६/७७ र २०७७/७८ मा भए गरेका कारोबार तथा सम्पूर्ण काम कारबाहीहरुको अनुमोदन गर्ने सम्बन्धमा। ४. वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन र सच्याउन बित्तीय संस्थाको सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

मनकामना स्मार्ट लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् १० बुँदे प्रस्ताव

मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते रुपन्देहीको सिद्धार्थनगर स्थित होटेल पौवामा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को नाफाबाट १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ।  हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ।  स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। लघुवित्तको साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु : सामान्य प्रस्तावहरुः १. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने । साथै, साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७ /०४/१० गते सम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने । ३. साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७/०४/१० गतेसम्मको कारोवारको लेखापरीक्षण गर्नकालागि नियक्त लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनमोदन गर्ने । ४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नकालागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक पुनः नियुक्तिकालागि योग्य हुनुहुन्छ।) ५. वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुइ) जना संचालकको निर्वाचन गर्ने । विशेष प्रस्तावहरुः १. सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ को खुद मुनाफाबाट वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु.१२,११,५०,०००/- को १७ प्रतिशतले हुन आउने रकम रु.२,०५,९५,५००/(अक्षरेपी दुई करोड पाँच लाख पन्चानब्बे हजार पाँच सय मात्र) बराबरको बोनश शेयर जारी गर्ने । २. बोनश शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही हदसम्म जारी तथा चुक्ता पूँजी कायम गर्न वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने ।३. वित्तीय संस्थाको नियमावलीको नियम ३२ को १ (ख) र १ (ग) संसोधन गर्ने। ४. यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्न गाभिन वा प्राप्ति गर्न वा अन्य लघुवित्त वित्तीय संस्था संग गाभिनका लागि उपयुक्त देखिएमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन तथा सो सम्बन्धीआवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । ५. वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, परिमार्जन वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन वित्तीय संस्थाको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

एनएमबि लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् मर्जर सहितका ८ बुँदे प्रस्ताव

एनएमबि लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते सोमबार पोखराको पार्दी स्थित होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको हो  ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशत नगद लाभांश गरि कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ९८ लाख ४ हजार रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि २६ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । २. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । ३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०७४/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा। ४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १.१३ (एक दशमलव एक तीन) प्रतिशतका दरले हुन आउने रकम रु. ६१,०८,३१७.७६। (अक्षरुपी एकसठ्ठी लाख आठ हजार तीन सय सत्र रुपैयाँ छहत्तर पैसा मात्र) नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।विशेष प्रस्ताव १. सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पूँजी रु. ५३,९८,०४,८२५.००।- (अक्षरुपी त्रिपन्न करोड अन्ठानब्ये लाख चार हजार आठ सय पच्चिस रुपैयाँ मात्र) को २१.५० प्रतिशतले हुन आउने रकम रु ११,६०,५८,०३७.३८ । (अक्षरुपी एघार करोड साठी लाख अन्ठाउन्न हजार सैतिस रुपैयाँअठ्तीस पैसा मात्र) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा । २. बोनश शेयर जारी भए पश्चात वित्तीय संस्थाको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी बृद्धि लगायतका बिषयहरु समावेश गरि संस्थाको प्रवन्धपत्र संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्नगरिएको छ)। ३. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्न गरिएको छ)। ४. यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने/गाभिने वा प्राप्ति (Merger/Acquisition) सम्बन्धी प्रकृया अगाडी बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने सम्बन्धमा । वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

स्वालम्बन लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ९ प्रस्ताव

स्वालम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha  वित्तीय सँस्थाले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले पुष १५ गते गिरीधारा स्थित एलिस रिसेप्सनमा आफ्नो २० औं बार्षिक साधारणसभा डाकेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । स्वालम्बनको असोज २१ गतेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको उक्त लाभांश प्रस्ताव अब कम्पनीको आगामी २० औं साधारणसभाले पारित गरेपछि मात्र सेयरधनिहरुमा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुंजी ९४ करोड ३०  लाख रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गतेदेखि सभा नहुँदासम्मको लागि बुक क्लोज मिति तय गरेको छ । पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: क) सामान्य प्रस्तावः १. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने ।३. आ.व. २०७७/७८ सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्ता पूँजीको ६ % ले हुन आउने रकम रु.५,६५,८०,०००/- नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर सहित) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गर्ने । ४. स्वतन्त्र संचालक पदमा संचालक समितिबाट गरिएको नियुक्तिको जानकारी। ख) विशेष प्रस्तावः १. हाल कायम अधिकृत पूँजी रु. १,००,००,००,०००/- बाट बृद्धि गरी रु १,१५,००,००,०००/- पुयाउने । २. नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम आ.व. २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको १९ % ले हुने रकम रु. १७,९१,७०,००० /- बराबर बोनस शेयरलाई शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुले पाउने गरी जारी गर्ने । ३. हालको जारी तथा चुक्ता पूँजी रु.९४,३०,००,०००/- मा उपरोक्त बमोजिमको बोनस शेयर जारी गरी जारी तथा चुक्ता पूँजी रु. १,१२,२१,७०,०००/- कायम गर्ने । ४. प्रबन्धपत्रको दफा ४(द), ५(क) ५(ख), ५(ग) संशोधन गर्ने । ५. प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

गणपति लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ९ प्रस्ताव

गणपति लघुवित्तले साधारणसभा आह्व्ना गरेको छ  । कम्पनीले पुस १७ गते शनिवार तनहुँको दुलेगौडा स्थित व्हाइट हाउस पार्टी प्यालेसमा सभा आह्वान गरेको हो  ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी १२ करोड ७३ लाख ५६ हजार रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :  सामान्य प्रस्तावहरु सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने वार्षिक प्रतिवेदन पारित गर्ने । २०७८ साल आषाढ मसान्त सम्मको लेखापरीक्षकको प्रतिवेदन र वासलात सहित आ.ब. २०७७/२०७८को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु पारित गर्ने । संचालक समितिबाट प्रस्ताव गरिएको रु. १२,७३,५६७.५० (रु. बाह्र लाख त्रिहत्तर हजार पाँच सय सत्सठ्ठी रुपैंया, पैसा पचास मात्र) नगद लाभांश बोनश शेयरको कर प्रयोजनको लागी पारित गर्ने। लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०७८/२०७९ को कारोवारको लेखापरिक्षण गर्नकोलागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक श्री पि.वाई.सि. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्स् पुन: नियक्तिका लागि योग्य ह संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन गर्ने । सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको मनोनयन समर्थन गर्ने । स्वतन्त्र सञ्चालकको मनोनयन समर्थन गर्ने ।विशेष प्रस्तावहरु संचालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १९ प्रतिशतले हुने रु. २,४१,९७,७८२.५० (दुई करोड एकचालिस लाख सन्तानब्बे हजार सात सय बयासी रुपैया, पैसा पचास मात्र) बोनश शेयर वितरण गर्न स्वीकृती प्रदान गर्ने । स्वीकृत बोनस शेयर बमोजिमको पूँजीगत संरचना परिवर्तनका लागी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । साथै प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट स्वीकृत गराउने क्रममा कुनै थपघट गर्न वा सच्याउन वा फेरबदल गर्नुपर्ने भएमा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने ।संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तीक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ती तथा दायित्वहरुको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा Acquisition/Merger सँग सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्ने ।

स्वाभिमान लघुवित्तको साधारणसभा आह्वान, मर्जरको पनि प्रस्ताव

स्वाभिमान लघुवित्त Swabhimaan Laghubitta Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ८ गते भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि १.७० प्रतिशतले हुन आउने १५ लाख ६४ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ९ करोड २० लाख ५० हजार रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : क. सामान्य प्रस्तावः (१) संचालक समितिको तर्फबाट अध्यक्षज्युबाट प्रस्तुत हुने आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । (२) लखापरीक्षण प्रतिवेदन सहितको २०७८. आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने । (३) आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । (४) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको १.७० प्रतिशतले हुन आउने रकम रु.१५,६४,८५०/- (पन्ध्र लाख चौंसठ्ठी हजार आठ सय पचास मात्र) बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) बितरण गर्न स्वीकत गर्ने । (५) संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्वाचन गर्ने। (६) रिक्त संचालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने बारे । ख. विशेष प्रस्तावः(१) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको ३२.३० प्रतिशतले हुन आउने रकम रु.२,१७,३२,१५०/- (दुई करोड सन्तानब्बे लाख बत्तीस हजार एक सय पचास मात्र) बराबरको बोनश शेयर जारी गर्न स्वीकृत गर्ने । (२) वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्ने ।(३) संचालकहरुको सेवा सुविधा पुनरावलोकन गर्ने बारे । (४) प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । (५) अन्य इजाजतपत्र प्राप्त (घ) वर्गका वित्तीय संस्थासंग मर्जर (Merger) वा प्राप्ति (Acquisition) गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । (६) संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने ।

सबैको लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ९ वटा प्रस्ताव

सबैको लघुवित्त  SABAIKO LAGHUBITTA BITTIYA SANSTHA  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ३ गते शनिवार तनहुको बन्दीपूर माउन्टेन रिसोर्टमा सभा आह्वान गरेको हो  । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि  १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९ सय ८६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश गरि कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस साधारणसभाले पारित गरेपछि  लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी २० करोड ६० लाख २७ हजार रहेको छ ।कम्पनीले  साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर १६ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । यस्ता छन् कम्पनीले सभामा पेश गर्ने प्रस्तावहरु ; (क) सामान्य प्रस्तावहरुः १) सञ्चालक समितिको तर्फबाट समितिका अध्यक्षज्यूले पेस गर्नुहुने आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने । ३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०७८/७९ को बाह्य लेखापरीक्षण कार्यको लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । ४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम यस वित्तीय संस्थाको आ.व. २०७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. २०,६०,२७,२५० को १.६३ प्रतिशतले हुन आउने रकम रु. ३३,६६,९८६/८४ (अक्षरेपी तेत्तिस लाख छयसठ्ठी हजार नौ सय छयासी रुपैयाँ र पैसा चौरासी मात्र) नगद लाभांश (बोनस शेयरमा लाग्ने कर वापतको रकम वितरण गर्न स्वीकृत गर्ने । ५) यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने । (ख) विशेष प्रस्तावहरुः १) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम यस वित्तीय संस्थाको आ.ब. २०७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. २०,६०,२७,२२० को ३१.०५ प्रतिशतले हुन आउने रकम रु.६,३९,७२,७५०/०० (अक्षरेपी छ करोड उनन्चालिस लाख बहत्तर हजार सात सय पचास रुपैयाँ मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने । साथै बोनस शेयर जारी पश्चात् कायम हुन आउने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्नेगरी यथावत राख्ने प्रस्ताव पारित गर्ने ।२) यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (ख) र (ग) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । ३) यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन (Merger) वा प्राप्ति (Acquisition) गर्ने वा शाखा खरिद गर्न समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रचलित कानून तथा निर्देशनहरु अनुरुप गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पूरा गरी अन्तिम स्वीकृति लिई कार्यान्वयन गर्ने तथा सो सम्बन्धमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । ४) वित्तीय संस्थाको प्रवन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरुप यस वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।