काठमाडौं। आइएमई पेले दशैं, तिहार तथा छठ लक्षित ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ । आइतवारदेखि शुरू भएको यो अफर मङ्सिर ३ गतेसम्म चल्ने बताइएको छ । ५० दिनको उक्त अभियानअन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले विभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
त्यस्तै हरेक हप्ता एकजना सेवाग्राहीले ‘अल्टिमा लाइफ स्टाइल’को गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । अफरअन्तर्गत ८ जना विजेताले रू. ५० हजार बराबरको शपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने बताइएको छ । पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा हरेक महीना एकजनाले रू. १ लाख प्राप्त गर्ने र बम्परमा रू. १ करोड प्राप्त गर्ने डबल मौका रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए ।