काठमाडौँ: आसन्न स्थानीय तहको निर्वाचनमा ६ महानगरको चुनावलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका छन्। उम्मेदवार चयनदेखि दलहरुले बनाएको काउन्टर रणनीति महानगर केन्द्रित छ। मुख्य प्रतिस्पर्धामा छन् सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार। स्वतन्त्र उम्मेदवार पनि राजनीतिक दलका उम्मेदवारको जित/हारमा निर्णायक हुने देखिन्छन्। सत्ता गठबन्धनले महानगरमा जसरी पनि एमालेलाई हराउने…