निजामती कर्मचारी, प्रहरी र सैनिक मात्र होइन कुकुर पनि सेवानिवृत्त हुने नियम छ । सरकारी कर्मचारीले ५८ वर्ष पुगेपछि सेवावाट अवकाश पाउँछन् । कुकुरको क्षमतामा ह्रास आएपछि सेवाबाट हटाउने गरिएको छ । कुकुरको उमेरहद तोकिएको हुँदैन, क्षमताको आधारमा सेवामा राख्ने वा निवृत्त गर्ने गरिन्छ । सेवानिवृत्त भएपछि पालनपोषणको जिम्मेवारी सम्बन्धित संघसंगठनको नै हुन्छ ।