भाइमसलादेखि झिलिमिली बत्तीको मूल्य बढ्यो, आयात प्रतिबन्धले व्यवसायी निराश

तिहारलक्षित उपभोग्य सामग्रीको बजार मूल्य बढेको छ । तिहार आउन एक साता मात्र बाँकी रहँदा बजारमा भाइमसलादेखि झिलिमिली बत्तीको माग बढ्न थालेको छ । तर, आयातमा लगाइएको प्रतिबन्धले पर्याप्त सामान नपाउँदा मूल्य...

सम्बन्धित सामग्री

मसलाको आयात घट्यो, मूल्य बढ्यो

यो वर्ष तिहारमा प्रयोग हुने भाइमसलाको आयात घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपियाँ बराबरको ८० लाख ९० हजार ४०२ केजी मसला आयात भएको छ । गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपियाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो । मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् । यस वर्ष मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताएको छ ।

डलरको मूल्य बढ्यो, हामीलाई कस्तो प्रभाव पर्छ ?

नेपालमा डलरको मूल्य वृद्धि हुँदा सबै क्षेत्रमा प्रतिकूल असर पर्दैन। सामान्यतया बढी निर्यात गर्ने हुँदा बढी प्रतिकूल असर परे पनि केही क्षेत्रमा अनुकूल प्रभाव पनि पर्ने गर्दछ। यसले नेपाली निर्यातकर्ताहरूलाई फाइदा हुन्छ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो

काठमाडौं– युरोपेली युनियनले रुसी तेलको आयात यो वर्षको अन्त्यसम्म ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जुलाई महिनाका लागि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर १२२ डलर पुगेको छ । त्यस्तै, अगस्ट महिनाका लागि पनि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ […]

तयारी कपडाको मूल्य बढ्यो

काठमाडौं, पुस २६ । ढुवानी भाडा बढेपछि तयारी कपडाको मूल्य बढेको छ । कोरोना महामारी शुरू भएयता अन्तरराष्ट्रिय बजारमा मजदूरको पारिश्रमिक वृद्धि हुनुका साथै ढुवानी भाडा बढेपछि विदेशबाट नेपालमा आयात हुने विभिन्न ब्रान्डका तयारी कपडाको मूल्य बढेको व्यापारीहरूले बताएका छन् । आइतवार राष्ट्रिय व्यापारसंघले काठमाडौंमा आयोजना गरेको १७औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशनमा बोल्दै नेपाल […]

कुखुराको दानाको मूल्य बढ्यो, मासुको मूल्य के हुन्छ?

काठमाडौं, असोज २०। कुखुरालाई खुवाउने दानाको मूल्य बढेको छ । दाना उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा पनि यसको मूल्यवृद्धि भएको हो । नेपाली उद्योगी व्यवसायीले दाना उत्पादनका लागि मुख्य कच्चापदार्थ भटमासको पिना विशेषगरी भारत र अमेरिकाबाट आयात गर्छन् । गतवर्ष ती देशमा भटमासको उत्पादनमा ह्रास आएकाले दानाको कच्चापदार्थको […]

कुखुराको दानाको मूल्य बढ्यो

काठमाडौं । कुखुरालाई खुवाउने दानाको मूल्य बढेको छ । दाना उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा पनि यसको मूल्यवृद्धि भएको हो । नेपाली उद्योगी व्यवसायीले दाना उत्पादनका लागि मुख्य कच्चापदार्थ भटमासको पिना विशेषगरी भारत र अमेरिकाबाट आयात गर्छन् । गतवर्ष ती देशमा भटमासको उत्पादनमा ह्रास आएकाले दानाको कच्चापदार्थको मूल्य बढेको बताइएको छ । हाल दानाको मूल्य प्रतिकिलो २ रुपैयाँका दरले बढाइएको छ । बढाइएको नेपाल दाना उद्योग संघले बताएको छ, जसअनुसार ‘बी जीरो’ दानाको मूल्य प्रतिकिलो ६४ बाट बढाएर ६६ रुपैयाँ पु¥याइएको छ भने ‘बी वान’ दानाको मूल्य प्रतिकिलो ६३ बाट बढाएर ६५ रुपैयाँ पु¥याइएको छ । त्यसैगरी ‘बीटू’ र ‘बीथ्री’ दानाको मूल्य पनि प्रतिकिलो २ रुपैयाँका दरले मूल्य बढाएर क्रमशः ६४ र ६३ रुपैयाँ कायम गरिएको छ । करीब एक वर्ष अवधिमा भटमासको पिनाको मूल्य किलोमै ५५ रुपैयाँले बढेर ७० बाट १२५ रुपैयाँसम्म पुगेको संघका अध्यक्ष रबिन पुरीले बताए । त्यसैगरी ८० पर्ने सोयाको मूल्य बढेर प्रतिकिलो ११५ रुपैयाँ पुगेको छ । भटमासको पिनासँगै दाना बनाउन प्रयोग गरिने अर्को मुख्य कच्चापदार्थ मकैको मूल्य समेत बढेको छ । प्रतिकिलो २० देखि २५ रुपैयाँ पर्ने मकैको मूल्य बढेर अहिले ३५ रुपैयाँसम्म पुगेको संघले बताएको छ । नजिकको छिमेकी मुलुक भारतमा भटमासको उत्पादन घटेपछि भारतीय व्यापारीले समेत अमेरिकाबाट आयात गरी नेपाली व्यापारीलाई विक्री गर्दा महँगो परेको अध्यक्ष पुरीले बताए । ‘अहिले परेको उत्पादन लागत अनुसार प्रतिकिलो दानामा ८ रुपैयाँसम्म मूल्य बढाउनुपर्ने हो,’ उनले भने, ‘तर एकैपटक मूल्य बढाउँदा कुखुरापालक किसान हतोत्साहित हुन सक्ने भएकाले २ रुपैयाँ मात्र मूल्य बढाइएको हो ।’ दानाको कच्चापदार्थको मूल्य आकासिनुको अर्को मुख्य कारण पछिल्लो समय चिनियाँ व्यवसायीले भटमासको खपत अत्यधिक रूपमा बढाएकाले अन्य देशमा अभाव हुनु पनि रहेको बताइएको छ । नेपालमा दाना बनाउन प्रयोग गरिने भटमास र मकै अमेरिका, ब्राजिल, भारत लगायत देशबाट आयात हुने गरेको छ । दाना बनाउन प्रयोग गरिने कच्चापदार्थमध्ये भटमास ९९ प्रतिशत र मकै ७० प्रतिशत आयात गर्नुपर्ने अवस्था छ ।

१२५ सीसीदेखी हजार सीसीसम्मको मोटरसाइकलको मूल्य बढ्यो, कुनको कति बढ्यो कर ?

सरकारले मोटरसाइकलको अन्त:शुल्क बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा पेश गरेको बजेट प्रतिस्थापन विधेयकमार्फत अन्त:शुल्क बढाएका हुन्। सरकारले भन्सार शीर्षक ८७११.२०.९२ मा आयात हुने १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क वृद्धि गरेको छ। यो शीर्षकमा अब ५० प्रतिशत कर तिर्नुपर्छ। यो भन्दा अघि ४० प्रतिशत लाग्दै आएको थियो।  यस्तै भन्सार शीर्षक ८७११.२०.९९ मा आयात हुने २ सय सीसी नाघेको तर २ सय ५० सीसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क बढेको छ। अब यो श...

रासायनिक मलको मूल्य बढ्यो

काठमान्डाैं / अ​न्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ । कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत देशमा मलको मूल्य... The post रासायनिक मलको मूल्य बढ्यो appeared first on Purbeli News.

रासायनिक मलको मूल्य बढ्यो

अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ ।कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत देशमा मलको मूल्य बढेपछि त्यसको असर नेपालमा समेत पर्ने भएको हो । यसअघि प्रतिमेट्रिकटन ३ सय १७ डलर पर्ने युरियामलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ । प्रतिमेट्रिकटन ४ स

रासायनिक मलको मूल्य बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ । कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत देशमा मलको मूल्य बढेपछि त्यसको असर नेपालमा समेत पर्ने भएको हो । यसअघि प्रतिमेट्रिकटन ३ सय १७ डलर पर्ने युरियामलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ । प्रतिमेट्रिकटन ४ सय २० डलर पर्ने डीएपी मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनकारी दिएको छ । साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले कोरोना महामारीका कारण मल उत्पादनका लागि उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको मूल्य बढेकाले उत्पादन लागत बढेको, मजदूर अभावका कारण कारखानाहरूको उत्पादन घटेको र जहाजमा समेत मजदूरहरूको अभाव भइरहेकाले मलको मूल्य बढेको हुनसक्ने बताए । विगत ५ महीनादेखि मलको मूल्य बढिरहेकाले सरकारले मल किन्नका लागि छुट्ट्याउँदै आएको बजेट अपुग हुने भएको छ । अनुदानको मल किन्न सरकारले चालू आर्थिक वर्षका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ भने आगामी आर्थिक वर्षका लागि पनि सोही परिमाणमा बजेट विनियोजन गर्ने सरकारको लक्ष्य रहेको छ । ‘नेपालमा करीब ७ लाख मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने भए पनि अहिलेको बजेटले ५ लाख मेट्रिकटन खरीद गर्न पुग्छ । बजेट थप नभएमा बढेको मूल्यअनुसार मल किन्दा अहिलेको बजेटले २ लाख ७५ हजार मेट्रिकटन मात्र किन्न पुग्ने छ,’ कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार सरकारले बजेट थप नगर्ने हो भने खरीद परिमाण घट्नुका साथै किसानले फेरि पनि मलको अभाव भोग्नुपर्ने अवस्था आउनेछ । त्यसैले सकेसम्म बजेट बढाउनुपर्ने उनको सुझाव छ । अन्तरराष्ट्रिय बजारमा मलको मूल्य बढेर अनुदानको मल खरीद गर्ने सरकारी कम्पनीहरूलाई महँगो पर्न गए पनि त्यसले किसानहरूलाई भने असर नपर्ने पोखरेलको भनाइ छ । सरकारले अनुदानका लागि खरीद गरेको भएकाले किसानलाई त्यसको भार नपर्ने उनले बताए । पर्याप्त मल मौज्दात सरकारी अनुदानको मल खरीद तथा विक्री वितरणको जिम्मा पाएका दुवै कम्पनीहरूले वर्षे बालीका लागि चाहिने मल पर्याप्त मात्रामा रहेको छ । अहिले साल्ट ट्रेडिङसँग १८ हजार ४ सय मेट्रिकटन डीएपी, २१ हजार मेट्रिकटन युरिया र ४ हजार १ सय मेट्रिकटन पोटास मौज्दात रहेको छ । २ चरणमा गरी करीब ७५ हजार मेट्रिकटन युरिया मल खरीद सम्झौता भएर कोलकाता आउने क्रममा छ भने २५ हजार मेट्रिकटन डीएपीको पनि ठेक्का सम्झौता भइसकेको छ । कृषि सामग्री कम्पनीसँग पनि १८ हजार ४ सय मेट्रिकटन युरिया, ४५ हजार २ सय मेट्रिकटन डीएपी र ४५ सय मेट्रिकटन पोटास मौज्दात छ । हाल कृषि सामग्रीले दैनिक १२ सय मेट्रिकटनका दरले अन्य विभिन्न स्थानहरूबाट किसानहरूलाई मल वितरण गरिरहेको छ ।