मसलाको आयात घट्यो, मूल्य बढ्यो

यो वर्ष तिहारमा प्रयोग हुने भाइमसलाको आयात घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपियाँ बराबरको ८० लाख ९० हजार ४०२ केजी मसला आयात भएको छ । गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपियाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो । मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् । यस वर्ष मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताएको छ ।