चितवन। चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्रमा लागेको छापको बारेमा विवाद हुँदा मगगणना रोकिएको हो।
वडा नं. २ को गणना जारी रहँदा नेकपा एमालेको चुनाव चिन्ह सू्र्यमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको हो।