जनकपुरधाम। धनुषा क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा देखिएका छन्। सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनीहरुबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने सो क्षेत्रमा चर्चा छ।