नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचनासहित माफी माग्नुपर्ने शर्त राखेको छ ।
दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि घात गरेकाले ओलीले जनतासँग माफी माग्नुपर्ने नेपाल पक्षको माग छ ।
काठमाडौंमा बिहीवार र शुक्रवार बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले ओलीले आत्मलोचना गरे मात्र एकता हुने बताएका हुन् । सदस्यहरूले पार्टी एकता सम्मानजनक हुनुपर्ने धारणा राखेका थिए ।
‘पार्टी एकता सम्मानजनक हुनुपर्ने विषयमा केन्द्र...