काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले नयाँ बन्ने सरकारमा प्रधानमन्त्रीको दाबी गर्ने भएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्व दाबीसहित अरु दलसँग प्रस्ताव गर्ने नेता राजकिशोर यादवले जानकारी दिए। 'धेरैपटक अरुलाई समर्थन गरियो अब जसपाले नै सरकारको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठेको छ', बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यादवले भने, 'यस विषयमा एमाले, काँग्रेस र माओवादीसँग कुराकानी हुन्छ।’बैठकमा संसदीय दलको विधान निर्माणका विषयमा छलफल भएको छ। संसदीय दलको नेता च