राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने उदाहरण अहिले सरकारमा रहेका दल तथा नेताहरूको सहकार्यले प्रमाणित गर्छ । कांग्रेसकै नेतृत्वमा सरकार रहेको बेला ०५८ सालमा माओवादीलाई उसले सुरु गरेको युद्धलाई आतंकवाद र नेता कार्यकर्तालाई आतङ्ककारी घोषणा गर्दै शीर्ष नेताहरूको टाउकाको मूल्य तोक्ने तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई अहिले गठबन्धनको मुख्यसहयात्री माओवादीकै मत आवश्यक भएको छ । पश्चिम नवलपरासी क्षेत्र नं २ मा उम्मेदवार रहेका देवेन्द्रराज कँडेललाई कांग्रेस एमालेको हाराहारीमा मत रहेकाले &n