इराकका प्रधानमन्त्री अमेरिकाका राष्ट्रपति जो बाइडनसँग चर्चाका लागि ह्वाइट हाउस पुगेका छन् ।
यसैबीच अमेरिकाले इराकबाट सबै अमेरिकी सैन्यबल फिर्ता गर्ने घोषणा गरेको छ । अमेरिका इराक रणनीतिक वार्ताअन्तर्गत यस वर्षको अन्त्यसम्ममा इराकका सबै सैनिकलाई फिर्ता बोलाइने अमेरिकाको भनाइ छ ।
यस घोषणाले दुईवटा महत्त्वपूर्ण प्रश्न जन्माएको छ । यसले इराकको धरातलीय यथार्थमा कस्तो असर पार्नेछ ? यसले इराकमा इस्लामिक स्टेट फिर्ता हुने अवस्था आउला ?
केही वर्षअघि इस्लामिक स्टेटले पश्चिम एसिया र लिभान्टमा आतंक मच्चाएको थियो । यस उग्र...