बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेरले अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लग्नुलाई 'दु:खद्, खतरनाक र अनावश्यक' भनेका छन्।
तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएपछि पहिलो प्रतिक्रिया दिँदै ब्लेरले नेटो राष्ट्रका सेना अफगानिस्तानबाट फिर्ता हुनुले जिहादी समूहलाई फाइदा पुगेको बताए।
ब्लेरले अमेरिकासँग मिलेर सन् २००१ मा अफगानिस्तानबाट तालिवानलाई हटाउने कारवाहीमा बेलायताको नेतृत्व गरेका थिए। …