बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएकोमा कडा आलोचना गरेका छन् । उनले यसलाई अनुचित कदम भनेका छन् । उनका अनुसार गठबन्धन सेना फिर्ता हुँदा जिहादी गुटको हिम्मत बढ्नेछ ।उनले अफगानिस्तानको हालतबाट रुस, चीन र ईरानले फाइदा उठाउने पनि बताए । ब्लेयरले गठबन्धन सेना फिर्ता हुनुलाई खेदजनक, खतरनाक र अनावश्यक बताएका छन् । २० वर्षअघि टोनी ब्लेयर बेलायतको प्रधानमन्त्री भएकै बेला बेलायतले अफगानिस्तानमा सेना पठाएको थियो । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्