दोस्रो पटक प्रतिनिधि सभा पुनःस्थापनासँगै ‘मिनी पार्लियामेन्ट’का रुपमा रहेका संसदीय समितिका बैठक सुरु हुन थालेका छन् । बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा राज्य व्यवस्था तथा सुशासन समिति, कानुन न्याय तथा मानवअधिकार समितिका बैठकहरु भए । उद्योग तथा बाणिज्य समितिको बैठक बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भयो ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मनसुनमा बाढी पहिरोका कारण पुगेको जनधनको क्षति र सरकारले गरेका काम कारवाहीबारे जानकारी लिन गृहमन्त्री, गृहसचिव र राष्ट्रिय विपद जोखिम न्यून