जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाहीलाई राखिएको पोखराको चरक मेमोरियल अस्पतालको भूमिकामाथि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले प्रश्न उठाएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने तय भएको दिन बुधबार सांसद शाहीलाई अस्पतालकै ‘सेटिङ’ मा आईसीयूमा राखिएको तीन दलको आरोप छ ।
तीन दलले बिहीबार भएको संयुक्त बैठकपछि विज्ञप्ति जारी गर्दै अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न माग गरेका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र ...