नागरिकताबिहीनको समस्याको कथामा तयार नाटक ‘ढकियामे नागरिकता’ को मञ्चन सकिएको छ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा १ गतेदेखि जारी नाटक सोमबारबाट सकिएको हो । नाटकको अन्तिम शो सोमबार ४ः ३० मा रहेको थियो ।नाटककी लेखक तथा निर्देशक सरिता साह हुन् । राज्यले नागरिकता जस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौं नागरिकहरु अनागरिक हुनु परेको कथा नाटककले मार्मिक ढङ्गबाट प्रस्तुत गरेको थियो ।कलाकारहरु सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी)