पोखरामा आयोजित ११ दिने नाटक लेखन कार्यशाला सम्पन्न भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना तथा पोखरा थिएटरसँगको सहकार्यमा पौष १ गतेबाट सुरु भएको कार्यशालामा आठ जना प्रशिक्षार्थी सहभागी बनेका थिए । कार्यशालाको सहजीकरण निर्देशक खगेन्द्र लामिछानेले गरेका थिए ।