मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन्।...

सम्बन्धित सामग्री

मेटलाइफ फाउण्डेशनको एक अर्ब डलर अनुदान

काठमाडौं– मेटलाइफ फाउण्डेसनले एक अर्ब अमेरिकी डलर भन्दा बढी सहयोग गरेको घोषणा गरेको छ । फाउन्डेसन मेट्रोपोलिटन लाइफ इन्सुरेन्स कम्पनी (मेटलाइफ)को एक स्वतन्त्र परोपकारी शाखाको रूपमा स्थापित भएको थियो । यसको स्थापना पछि, मेटलाइफको उपस्थिति रहेको समुदायहरूलाई बलियो बनाउन यसले महत्वपूर्ण योगदान गरेको जनाइएको छ । ‘परिवार, व्यवसाय र समुदायलाई समर्थन र संरक्षण गर्नु सधैं […]

मेटलाइफ फाउन्डेसन–ह्याबिट्याट फर ह्युमानिटी साझेदारी

काठमाडौं (अस) । मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युमानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को बन्दाबन्दीबाट प्रभावित घरधनीको आवश्यकता सम्बोधन गर्न साझेदारी घोषणा गरेका छन् । स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युमानिटी नेपालका कर्मचारीले खाद्य र आधारभूत सरसफाइका  सामग्री कञ्चनपुरका पूर्वहलिया, मोरङ र सप्तरीका २५० परिवारलाई बाँड्नेछन् । मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब ६ लाख रुपैयाँ ती परिवारलाई ह्याबिट्याट फर ह्युम्यानिटीले २ महिनाका लागि चामल, दाल, खानेतेल, नुनलगायत खाद्य सामग्री, मास्क, साबुन, सरसफाइका सामग्री वितरण गरिनेछ  । ‘कोभिड–१९ महामारीबीच मेटलाइफले प्रभावित परिवारका आकस्मिक आवश्यकता  सम्बोधन गर्न राहतका सामग्री वितरण गरिरहेको छ । ह्याबिट्याट फर ह्युमानिटी नेपालसँगको साझेदारीबाट  देशका विपन्न परिवारको पीडा कम गर्न र अझ बलियो समुदाय निर्माण गर्ने आशा लिएका छौं’, मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने । ह्याबिट्याट फर ह्युमानिटी नेपालको आश्रयका लागि खाना कार्यक्रमले कम गुणस्तरको आवाससम्बन्धी दीर्घकालीन विषय समाधान गर्ने राष्ट्रिय रणनीतिलाई सहयोग गर्दछ । यो संस्थाले पनि विपन्न र सीमान्तकृत परिवारलाई सुरक्षित आश्रय निर्माण र कोभिडले पारेको तत्कालीन असर न्यूनीकरण गर्न खानाको पहुँच उपलब्ध गराउँदै आएको छ ।

मेटलाइफको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले कोभिड–१९ प्रभावितहरूलाई सहयोग गरेको छ ।फाउन्डेसनको आर्थिक सहयोगमा मोरङ र सप्तरीका २५० परिवारलाई खाद्यान्न सहयोग गरेको जनाइएको छ । त्यसका लागि फाउन्डेसनले करिब ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।

मेटलाइफको सहयोग

काठमाडौँ । मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले कोभिड-१९ प्रभावितहरूलाई सहयोग गरेको छ । फाउन्डेसनको आर्थिक सहयोगमा मोरङ र सप्तरीका २५० परिवारलाई खाद्यान्न सहयोग गरेको जनाइएको छ । त्यसका लागि फाउन्डेसनले करिब ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ