मेटलाइफ फाउन्डेसन–ह्याबिट्याट फर ह्युमानिटी साझेदारी

काठमाडौं (अस) । मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युमानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को बन्दाबन्दीबाट प्रभावित घरधनीको आवश्यकता सम्बोधन गर्न साझेदारी घोषणा गरेका छन् । स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युमानिटी नेपालका कर्मचारीले खाद्य र आधारभूत सरसफाइका  सामग्री कञ्चनपुरका पूर्वहलिया, मोरङ र सप्तरीका २५० परिवारलाई बाँड्नेछन् । मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब ६ लाख रुपैयाँ ती परिवारलाई ह्याबिट्याट फर ह्युम्यानिटीले २ महिनाका लागि चामल, दाल, खानेतेल, नुनलगायत खाद्य सामग्री, मास्क, साबुन, सरसफाइका सामग्री वितरण गरिनेछ  । ‘कोभिड–१९ महामारीबीच मेटलाइफले प्रभावित परिवारका आकस्मिक आवश्यकता  सम्बोधन गर्न राहतका सामग्री वितरण गरिरहेको छ । ह्याबिट्याट फर ह्युमानिटी नेपालसँगको साझेदारीबाट  देशका विपन्न परिवारको पीडा कम गर्न र अझ बलियो समुदाय निर्माण गर्ने आशा लिएका छौं’, मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने । ह्याबिट्याट फर ह्युमानिटी नेपालको आश्रयका लागि खाना कार्यक्रमले कम गुणस्तरको आवाससम्बन्धी दीर्घकालीन विषय समाधान गर्ने राष्ट्रिय रणनीतिलाई सहयोग गर्दछ । यो संस्थाले पनि विपन्न र सीमान्तकृत परिवारलाई सुरक्षित आश्रय निर्माण र कोभिडले पारेको तत्कालीन असर न्यूनीकरण गर्न खानाको पहुँच उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित सामग्री

मेटलाइफ पर्‍याे विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा

काठमाडौँ– मेटलाइफ इन्स्योरेन्स विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा पर्न सफल भएको छ। फच्र्युन म्यागजिन २०२४ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सुचीमा मेटलाइफ पर्न सफल भएको हो। उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई उल्लेखित गरिएको थियो । लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरुमा […]

मेटलाइफ फाउण्डेशनको एक अर्ब डलर अनुदान

काठमाडौं– मेटलाइफ फाउण्डेसनले एक अर्ब अमेरिकी डलर भन्दा बढी सहयोग गरेको घोषणा गरेको छ । फाउन्डेसन मेट्रोपोलिटन लाइफ इन्सुरेन्स कम्पनी (मेटलाइफ)को एक स्वतन्त्र परोपकारी शाखाको रूपमा स्थापित भएको थियो । यसको स्थापना पछि, मेटलाइफको उपस्थिति रहेको समुदायहरूलाई बलियो बनाउन यसले महत्वपूर्ण योगदान गरेको जनाइएको छ । ‘परिवार, व्यवसाय र समुदायलाई समर्थन र संरक्षण गर्नु सधैं […]

मेटलाइफ इन्स्योरेन्सको प्रतिबद्धता

काठमाडौं– वान बाई मेटलाइफ एपको सुरुवात पछि मेटलाइफ नेपालले आफ्ना सबै एजेन्टका लागि ‘वन बाइ मेटलाइफ मेला’ आयोजना गरेको छ । सो मेलाले ग्राहकलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो जीवन जिउन मद्दत गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गरेको कम्पनीको दावी छ । वान बाई मेटलाइफमार्फत, मेटलाइफ नेपालले नेपालीका लागि डिजिटल बीमा र स्वास्थ्य सेवा ल्याएको […]

मेटलाइफ फाउण्डेसन र वुमन एक्टको सहकार्य

मेटलाइफ फाउण्डेसनले नेपालका सीमान्तकृत र जोखिममा परेका समुदायका ५,००० भन्दा बढी महिला उद्यमीलाई तालिम र उत्थान गर्न वुमन एक्ट नेपालसँग साझेदारी गरेको छ । यस कार्यक्रमद्वारा, मेटलाइफ फाउन्डेसन र वुमन एक्टले महिला उद्यमीहरूको लागि वृद्धि र निरन्तर नवप्रवर्तनलाई अगाडि बढाउन मद्दत गर्न सक्ने वित्तीय साक्षरता, बजार सम्बन्धी जानकारी र नेतृत्व अवसर सहज बनाउन मद्दत गर्ने […]

मेटलाइफ फाउन्डेसनद्वारा सहयोग

मेटलाइफ फाउन्डेसनले नवलपरासीको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठूला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ । आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र हिमाली क्षेत्रका २९४ एकड जंगलको पुनस्र्थापनाका लागि ५ हजार रुख रोपिएको थियो । यस परियोजनाले राष्ट्रिय जैविक विविधताको संरक्षण र पुनस्थापना, स्थानीय जीविकोपार्जनमा सुधार गर्न र प्राकृतिक […]

२१औं वार्षिकोत्सवको अवसरमा मेटलाइफ नेपालद्वारा बीमा सचेतना 'वाकाथन'

मेटलाइफ नेपालले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा बीमा सचेतना वाकाथनको आयोजना गरेको छ। शनिबार भएको ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए। सुरक्षित भविष्यको...

मेटलाइफ नेपालद्वारा उत्कृष्ट एजेन्सी प्रतिनिधिहरू सम्मानित

मेटलाइफ नेपालले यस हप्ता आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवालगायत मेटलाइफ एसिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति थियो ।कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरूका साथै देश भरका योग्य […]

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन्।...

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालबीच साझेदारी

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारी घोषणा गरेका छन् । स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीहरूले कन्चनपुरका पूर्व हलियाहरूसमेत मोरङ र सप्तरीका २५० परिवारलाई  खाद्य र आधारभूत सरसफाइका  सामग्रीहरू बाँड्नेछन् ।मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब ६ लाख रुपैयाँबाट उक्त परिवारहरूलाई  ह्याबिट्याट फर ह्युम्यानिटीले २ महिनाको लागि चा

मेटलाइफ नेपालका ग्राहकले अब बीमा दाबी अनलाइन गर्न सक्ने

काठमाडौँ / मेटलाइफ नेपालले यसै साता आफ्नो अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ m जसबाट ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दावीहरू अनलाइन माध्यमबाट छिटो