काठमाडौं : गत माघमा संसद् भवनअगाडि इलामका प्रेम आचार्यले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे। समयमै प्रहरीले उद्धार गरेर अस्पताल पठाए पनि उनको निधन भयो।यस्तै अघिल्लो हप्ता सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका मदन भण्डारी ट्रमा सेन्टर कार्यरत डा. प्रज्वल कोइरालाको शव केही दिनपछि सप्तकोशीमा भेटियो। जुनसुकै कारणले भए पनि यी दुई पात्रले आफू खुसी मृत्युको बाटो रोजेको देखिन्छ।यी प्रतिनिधि घटना मात्रै हुन्। पछिल्लो समय मानिस विभिन्न कारणले आत्महत्याको बाटो रोज्ने गरेका तथ्याङ्क बढ