नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मात्रिका यादवले नयाँ शक्ति बनाउन भनेर माओवादी पार्टी त्यागेर गएमा डा. बाबुराम भट्टराईप्रति व्यंग्य गरेका छन् ।
राजनीतिक दलको नेता बन्न पीएचडीले मात्र नहुने भन्दै उनले स्थापित नेतालाई विस्थापित गरेर पार्टी चल्न नसक्ने बताए ।
‘हामीले नेभर सेकेन्डको अभ्यास हेर्यौं नि, कस्तो मार्क्सवाद पढेको हो ? पीएचडी गरेर मात्र नेता भइन्छ र ? त्यो भए त चार–पाँचवटा विषयमा पीएचडी गरेका नेता नेपालमै होलान् । के तिनीहरू नेता बन्न सके त ? समाजलाई जसले बुझ्यो, अन्तरविरोध ज...