प्रचण्डबाट क्रान्ति हुँदैन भनेर हिँड्दा हाम्रो हविगत के भो! :  मात्रिका यादव

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य मात्रिका यादवले बुढाले छोड्नुपर्‍यो र युवालाई दिनुपर्‍यो भन्ने पूँजीवादी सोच भएको बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा भइरहेको माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्। उनले भने, ‘प्रचण्डबाट क्रान्ति हुँदैन भनेर हिँड्दा हाम्रो हविगत के भो। किरणहरु हिड्नु भो। सबभन्दा…

सम्बन्धित सामग्री

माओवादीको बैठकमा गंगा दाहालको चर्चा

काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार सकिएको छ । बैठक मंगलबार पनि बसेको थियो । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नभ्याउने भएपछि बिहीबार बिहानका लागि बैठक सरिएको थियो । बैठकको महत्वपूर्ण समय प्रचण्डकी छोरी गंगा दाहालका लागि खर्च भयो । माओवादीमा हाल २१ जना पदाधिकारी छन् । उपमहासचिव मात्रिका यादव बिरामी […]

धनुषा-१ मा माओवादीका मात्रिका यादव पराजित, जसपाका दीपक कार्की निर्वाचित

काठमाडौं, १० मंसिर । धनुषा-१ बाट प्रतिनिधिसभाका लागि जसपाका दीपक कार्की निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका मात्रिका प्रसाद यादवलाई पराजित गरेका हुन् । निर्वाचित कार्की र पराजित यादवबीच ५९४८ को मतान्तर छ । कार्कीले २७४३१ मत ल्याउँदा यादवले २१४८३ मत ल्याएका छन् । यो जितसँगै कार्कीले यादवसँग ०७४ को हारको बदला लिएका छन् […]

उपमहासचिवमै थन्किए वर्षमान र जनार्दन, आकांक्षी धेरै भएपछि ९ जना सचिव

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा  ७ जना उपमहासचिव र  ९ जना सचिव बनाएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा प्रचण्डकाे प्रस्तावलाई अनुमाेदन गरेकाे प्रवक्ता कृष्णबहादुर महराले बताए। पार्टीकाे उपमहासचिवमा  वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादव रहेका छन्। भने, उपमहासचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल,

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, अरु को-को परे पदाधिकारीमा? (नामावलीसहित)

महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ भने वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा प्रस्ताव भएका छन्। त्यस्तै, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव ...

अध्यक्ष मात्रै रुपान्तर भएर हुँदैन, हामी सबै आत्मालोचित हुनुपर्छ : मात्रिका यादव

काठमाडौं। माओवादी केन्द्रको नेता मातृका यादवले पार्टी अध्यक्ष प्रचण्डले आत्माआलोचना गरिसकेको भन्दै अन्य नेताहरुले पनि आ–आफ्नो ठाउँबाट आत्माआलोचना गर्नुपर्ने बताएका छन्। मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले महाधिवेशनबाट निस्किदाँ एक ढिक्का भएर अगाडी बढ्नुपर्ने उनले बताए।

विधान परिमार्जन गर्न उपसमिति गठन

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेएको र उक्त […]

विरोध सभामा सहभागी हुन् ह्वीलचेयर चढेर भृकुटीमण्डप पुगे मात्रिका यादव

आमहड्तालका दिन जनकपुरमा प्रहरी हस्तक्षेपबाट घाइते भएका नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मात्रिका यादव ह्वील चेयर चढेर विरोध सभामा पुगेका छन् । प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभामा सहभागी हुनका लागि ह्वील चेयर चढेर यादव भृकुटीमण्डप पुगेका हुन् । यादव मन्त्री छँदा स्वकीय सचिव रहेका सन्तोष विष्टले उनको तस्वीर फेसबूकमा राखेका छन् । प्रधानमन्त्रीको सिफारिश गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल पक्ष आन्दोलित छ । हेर्नुहो...

आन्दोलनमा घाइते मात्रिका यादव र रामचन्द्र झालाई उपचारका लागि काठमाडौं रिफर

प्रहरीसँगको झडपमा घाइते भएका नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य रामचन्द्र झालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । प्रहरीको लाठी प्रहारबाट घाइते झाको टाउकोमा ८ वटा टाँका लगाइएको र स्थायी कमिटी सदस्य यादवको खुट्टामा चोट लागेको केन्द्रीय सदस्य श्रीप्रसाद शाहले जान...

मन्त्रीबाट निकालिएपछि मात्रिका यादव प्रचण्डपत्नीको स्याहारमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता मात्रिका यादव मन्त्री पदबाट निकालिएपछि प्रचण्डपत्नीको स्याहारमा जुटेका छन्। नेकपाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि हरिद्वार पुगेकी छन् । हरिद्वारमा रहेको ...