काठमाडौं । आउँदो वैसाख १ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । लिम्बु समुदायमा प्रचलनमा रहेको जारी प्रथामाथि बनेको यस फिल्ममा दयाहाङ राई, मिरुना नगर लगायत कलाकारको शीर्ष भूमिका रहेको छ । फिल्मको निर्देशन तथा लेखन उपेन्द्र सुब्बाले गरेका हुन् । फिल्ममा दयाहाङ र मिरुना पती पत्नीको भूमिका छन् । […]