थाइल्याण्डमा ६० वर्षका एक व्यक्तिले आफूलाई पक्राउ गरियोस् भनेर फार्मेसीबाट सामान चोरेका छन् । आफूलाई पाल्न नसक्ने बताउँदै उनले उक्त चोरी गरेका थिए ।घटना सन् २०२२ को जुलाई २९ तारिखमा दक्षिण बैंककको चोनबुरी प्रान्तको हो । ६० वर्षका एक व्यक्तिलाई फार्मेसीबाट तीनवटा साबुन चोरिरहेको अवस्थामा कर्मचारीले भेटे । ती साबुन ०.४७ डलर पर्छन् । उक्त फार्मेसीमा सामान चोरी नगर्न कडा सूचना जारी गरिएको छ । चोरी गरेको अवस्थामा कसैलाई भेटे सामानको ३० गुणा बढी जरिवाना तिनुपर्ने वा जेलसमेत जानुपर्ने सूचना लेखिएको पनि