हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले उम्मेदवारी दर्तामै आचारसंहिता उल्लंघन गरेको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार निर्वाचनमा राष्ट्रिय झन्डा प्रयोगमा रोक लगाइएको छ । तर, लौरो अभियानबाट स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएको दाबी गरेका मकवानपुरका उम्मेदवारहरुले राष्ट्रिय झन्डा भिरेर उम्मेदावरी दर्ता गराएका छन् ।