कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेश कमिटीमा निर्णय पठाउन समय दिइएको छ। सोमबार वीरेन्द्रनगरमा बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । कर्णालीका डोल्पा, मुगु र सल्यान जिल्लामा गठबन्धन भत्किसकेको छ भने अन्य जिल्लाहरुमा पालिकाको भागबण्डामा सहमति जुट्न सकिरहेको छैन । नेपाली काँग्रेस प्रदेश सभापति ललितजङ्ग शाहीले गठबन्धनभित्रको समस्या समाधान गरेर मंगलबारसम्म प्रदेश कमिटीमा पठाउन निर्देशन दिइएको रातोपाटीलाई