गृह तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ताजा जनादेशको विकल्प नरहेको दावी गरेका छन् । उनले निर्वाचन अगाडि सवै नेपालीलाई खोप उपलव्ध गराउने भन्दै जनता भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउने समेत दावी गरे । गृहजिल्ला रुपन्देहीको बुटवलमा आज कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले निर्वाचन नै अबको निकास भएको जिकिर गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार